बालेन शाह रास्वपामा पदभार ग्रहण, पार्टी शीर्ष नेताले स्वागत

194 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आइतबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

रास्वपा प्रवेश गरेको २१ दिनपछि बालेन शाह केन्द्रीय कार्यालय घण्टीघर पुगेका हुन्। घण्टीघरमा उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल लगायतका नेताहरूले स्वागत गरे।

पार्टी स्रोतका अनुसार बालेनले अब रास्वपाका वरिष्ठ नेताको भूमिकामा सक्रिय भएर प्रतिनिधिसभा निर्वाचन तयारीमा सहभागी हुने योजना बनाएका छन्।