काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तानाशाह र घमण्डी शासक भएको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल एक्समा लगातार पोस्ट गर्दै खामेनीले ट्रम्पमाथि तीव्र आलोचना गर्दै विश्वबारे घमण्डका साथ गतल निर्णय गर्ने गरेको आरोप लगाएका छन्। उनले ट्रम्पलाई विश्वका पूर्व तानाशाहरुसँग तुलना गर्दै भने, “फिरौन, निमरूद, मोहम्मद रजा पहलवीजस्ता घमण्डी शासकहरूको पतन त्यतिबेलै भयो, जब उनीहरूको अहंकार चरम सीमामा पुगेको थियो। ट्रम्पको पनि त्यस्तै पतन हुनेछ।”
खामेनीले इरान–अमेरिका सम्बन्धमा पनि प्रतिक्रिया व्यक्त गर्दै भने, “अमेरिकाले अहिले पनि इरानलाई बुझ्नमा गल्ती गरिरहेको छ। इरान लाखौं नागरिकको बलिदानबाट बनेको देश हो, कुनै पनि विनाशकारी शक्तिसामु हामी नझुक्नेछौं।”
उनी हालै इरानमा भएको प्रदर्शनमा धेरै इरानी नागरिक शहीद भएको उल्लेख गर्दै त्यसको आदेश ट्रम्पले दिएको आरोप लगाएका छन्। खामेनीका अनुसार, “यसले इरानीहरूको रगत उनको हातमा रहेको प्रमाणित गर्छ।”
फेसबुकबाट तपाईको प्रतिक्रिया