राप्रपाले प्रधानमन्त्री कार्कीलाई पृथ्वीजयन्ती कार्यक्रममा निम्तो दियो

190 Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री सुशीला कार्कीलाई पौष २७ गते हुने पृथ्वीजयन्तीको चियापान कार्यक्रममा सहभागी हुन निम्तो दिएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीलाई निम्तो दिएका हुन्। राप्रपाका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार, प्रधानमन्त्री कार्कीले सच्चा नेपालीले पृथ्वीनारायण शाहप्रति श्रद्धा गर्ने बताउँदै कार्यक्रममा सहभागी हुने प्रतिवद्धता व्यक्त गरेकी छन्।