रास्वपा र नागरिक उन्मुक्ति पार्टीबीच बृहत् राजनीतिक समायोजनमा सहमति

232 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व तथा थरुहट क्षेत्रका अभियन्ताबीच ‘बुँदे बृहत् राजनीतिक समायोजन’मा सहमति भएको छ।

सहमतिमा जेन–जी आन्दोलनको अपनत्व कायम राख्ने, १० वर्षभित्र नेपाललाई मध्यम आय भएको राष्ट्र बनाउने प्रतिबद्धता र संरचनागत सुधार गर्ने विषय समावेश गरिएको छ।

समायोजनपछि दलको नाम, झण्डा र चुनाव चिह्न ‘घण्टी’ यथावत् रहनेछ। साथै थारु बहुल क्षेत्रलाई संरक्षित विशेष क्षेत्र घोषणा गर्ने प्रक्रिया अघि बढाउने, टीकापुर घटनालाई राजनीतिक आन्दोलनको रूपमा स्वीकार्ने र आरक्षण कार्यान्वयनमा जोड दिने सहमति पनि भएको छ।rasapa.webp