295
Shares
काठमाण्डौ । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ ।
सुनको भाउ तोलाको दुई लाख २३ हजार नाघेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख २३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रवार सुनको भाउ तोलाको दुई लाख २२ हजार पाँच सय रहेको थियो ।
यसअघि सुनको उच्च भाउ गएको बुधवार तोलाको दुई लाख २३ हजार रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । चाँदीको भाउ तोलाको दुई हजार आठ सय १० रुपैयाँ पुगेर रेकर्ड बनाएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया