सहकारी प्राधिकरणले निर्माण ग¥यो सहकारी दर्ताका लागि आफ्नो छुट्टै सफ्टवेयर

225 Shares

काठमाण्डौ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी दर्ताका लागि आफ्नो छुट्टै सफ्टवेयर निर्माण गरेको छ । उक्त सफ्टवेयरमार्फत नै आश्विन महिनाभित्र सहकारी दर्ता प्रक्रियाको थालनी गर्ने बताइएको हो  ।

 सहकारी दर्ताका लागि छुट्टै दर्ता अभिलेखीकरण सफ्टवेयर निर्माण भइ लञ्च गर्ने तयारी भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक डा. शेषनारायण पौडेलले बताए ।

उनले वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरीवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणाली लगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाइ कार्यान्वयन गर्ने, गराउने काम प्राधिकरणले गर्ने बताए । 

उनका अनुसार वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको सञ्चालन सम्बन्धमा जारी गरेको मापदण्ड, २०८२ लागू भइ कार्यान्वयनको चरणमा रहेको छ ।

वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ जारी गरिएको बताए । 

उनले वचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको सघन अनुगमन शुरु भएको जानकारी दिए । 

उनका अनुसार असोज महिनादेखि ऐनको व्यवस्थाअनसार वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी, संघ संस्थाको अनलाइन प्रणालीमार्फत दर्ता अभिलेखीकरण शुरु गरिन छ ।