लगातार बढेको सुनको भाउ आज  घट्यो, कतिमा हुँदैछ कारोबार ?

231 Shares

काठमाण्डौ । लगातार चार दिनदेखि बढेको सुनको भाउ आज भने घटेको छ ।

सुनको भाउ आज एक हजार सात सय रुपैयाँले घटेर तोलाको दुई लाख २१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको दुई लाख २३ हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले घटेर दुई हजार ६ सय ८५ रुपैयाँमा झरेको छ ।

हिजो चाँदीको भाउ तोलाको दुई हजार सात सय रुपैयाँ थियो ।