टप टी-२० सिरिज: नेपालकाे पहिलाे खेल आज अस्ट्रेलियासँग

297 Shares

काठमाडौं । बिहीबारदेखि अस्ट्रेलियामा सुरु भएको टप एन्ड टी–२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ। नेपालले घरेलु टिम नर्दर्न टेरिटोरी स्ट्राइकरसँग पहिलो प्रतिस्पर्धा गर्न लागेको हो।

खेल शुक्रबार दिउँसो २:१५ बजे सुरु हुनेछ। नेपालले दोस्रो खेलमा शनिबार बङ्गलादेश ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ भने तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग भिड्ने नेपालले चौथो खेलमा मंगलबार होबार्ट हुरिकेन्ससँग प्रतिस्पर्धा गर्नेछ।

यस्तै पाँचौँ खेल अगस्ट २२ मा पाकिस्तानको शाहीन्ससँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। यो सिरिजमा ११ टोलीको सहभागिता रहेको छ।