एएफसी यु–२० महिला एसियन कपमा आज नेपाल र उत्तर कोरियाबीच खेल हुने

407 Shares

काठमाडौं । नेपालले आज उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दैछ । एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगितामा पहिलो जित हासिल गरेको नेपालले तेस्रो खेल आज उत्तर कोरियासँग खेल्दैछ।

थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा जारी खेलमा भुटानसँग बराबरी तथा साउदी अरबसँग १–० को जीत हासिल गरेको हो । उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५–० को ठूलो अन्तरले हराएको थियो भने दोस्रो खेलमा भुटानलाई १०–१ गोलले पराजित गरेर नेपालसँग भिड्न आएको हो ।

नेपाल दुई खेलमा चार अंक जोड्दै अङ्कतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उत्तर कोरियाले नेपालसँग बराबरी खेले मात्रै पनि एसियन कपमा छनौट हुनेछ भने नेपाललाई भने जित्नै पर्ने दबाब छ।