एमएफएन टाइटल विजेता रविन्द्र ढाँट राष्ट्रपतिद्वारा सम्मानित

390 Shares

काठमाडाैं । भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)को उपाधि जित्नुभएका रविन्द्र ढाँट राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्मानित हुनुभएको छ।

बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले ढाँटलाई सम्मान गर्नुभएको हो । नेपालका एमएमए फाइटर रविन्द्र सोमबार काठमाडौं आइपुग्नुभएको थियो । उहाँले टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेर उपाधि जित्नुभएको हो । 

तेस्रो राउन्डमा कोरेनलाई नकआउट गर्दै उहाँले एमएफएन बेल्ट आफ्नो नाममा पार्न सफल हुनुभएको हो।