काठमाडौँ। भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा मंगलबार बाढी–पहिरोले गाउँ बगाउँदा ठूलो क्षति निम्त्याएको छ। खीर गंगामा जलस्तर बढेपछि धराली भन्ने ठाउँमा ठूलो क्षति भएको हो ।अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ।
बाढी तथा पहिरोले कैयौँ होटल तथा होमस्टेमा समेत क्षति पुगेको छ। बाढी–पहिरोका कारण कैयौँ नागरिक सम्पर्कविहीन रहेको स्थानीयवासीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मंगलबार स्थानीय समयअनुसार दिउँसो २ बजे धरालीमा बाढी आएको हो । सो क्षेत्रका ६० देखि ७० जना सम्पर्कमा नरहेको भारतीय न्यूज च्यानल ‘आज तक’को अनलाइन संस्करणले जनाएको छ।
बाढीले होटल, बजार र आवासीय घरसमेत बगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । थप विवरण आउन बाँकी छ ।एजेन्सी
हेराैं भिडियाेः
फेसबुकबाट तपाईको प्रतिक्रिया