334
Shares
काठमाडौँ । आज सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य १०० रुपैंयाँ वृद्धि भएको हो ।
महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएकोमा साेमबार तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य पनि आज बढेको छ । आइतबार २ हजार २५० रुपैयाँ कायम भएको चाँदीको मूल्य साेमबार ५ रुपैंयाँ बढेर तोलामा २ हजार २५५ रुपैयाँ पुगेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया