शेयर बजार फेरि ओरालो

7 Shares

काठमाडौं । हिजो दोहोरो अंकले उकालो लागेको शेयर बजार आज पुनः ओरालो लागेको छ ।

दिनभर तीव्र उतार चढावबीच बजार परिसूचक नेप्से ६ अंकले ऋणात्मक रहेर २५ सय ७२ कायम भएर थामियो । अधिकांश समूह ओरालो लाग्दा कारोबार भने सुधारिएर पौने ४ अर्ब पुग्यो ।

वाणिज्य बैंक झिनो अंकले हरियो रहेबाहेक अरु सबै समूह रातो रहे । व्यापार समूह सबैभन्दा उच्च १ प्रतिशत बढीले ओरालो लाग्दा उत्पादनमूलक समूह करिब १ प्रतिशतले घट्यो । अरु सामान्य दरले रातो रहेका छन् ।

यसदिन नेपाल स्टक एक्चसेन्जमा ३ सय ५९ स्टकको १ करोड बढी कित्ता शेयर ३ अर्ब ७४ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यसमध्ये १ सय ६७ कम्पनीको शेयरमूल्य घट्दा १ सय कम्पनीको बढ्यो । घटेको बजारमा पनि घलेम्दी हाइड्रोका लगानीकर्ताले करिब ६ प्रतिशत कमाए । कारोबार पनि सबैभन्दा उच्च घलेम्दीकै सबैभन्दा उच्च ३२ करोड माथिको शेयर खरिद बिक्रीभयो ।