काठमाडौं । रुसको पूर्वीतटीय क्षेत्रमा बुधबार ८.८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएपछि प्रायद्वीपका धेरै क्षेत्रमा सुनामी आउने चेतावनी जारी गरिएको छ।
अमेरिकी जीओलोजिकल सर्भे यूएसजीएसका अनुसार रुसको सुदूरपूर्वमा पर्ने क्यामचाट्का प्रायद्वीपमा उक्त शक्तिशाली भूकम्प गएको हो।
जापानको पूर्वी तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानतर्फ लैजान निर्देशन दिइएको छ, जहाँ समुद्रको छाल चार मिटरमाथिसम्म पुग्ने अनुमान गरिएको छ।
रुसको जीओफिजिकल सर्भिसका अनुसार सो क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मापन गरिएको छ।
विगत १० दिनमा सोही क्षेत्रमा एकपछि अर्को भूकम्प गएको थियो। जुलाई २० तारिखमा मात्रै पाँचवटा भूकम्प गएको तथ्याङ्क छ। क्षति बारे जानकारी आउन बाँकी छ । बीबीसीबाट
फेसबुकबाट तपाईको प्रतिक्रिया