327
Shares
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ हजार २.०७ विन्दुमा पुगेको छ।
आज ३०.७६ अंकले नेप्से बढ्दा १८ अर्ब ५२ करोड ९३ लाख २२ हजारको शेयर कारोबार भयाे ।
मंगलबारको कारोबारमा १७६ वटा कम्पनीको शेयर मूल्य बृद्धि भयो भने ७४ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएकाे छ ।
आजको कारोबारमा मुक्तिनाथ कृषि कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने समता घरेलु लघुवित्तको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाएका छन् ।
मंगलबार नेप्सेमा विकास बैंक, वित्त र व्यापार बाहेक सबै समूहको उपसूचक सकारात्मक रह्यो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया