सुनकाे मूल्य घट्याे, चाँदीकाे बढ्याे: कतिमा हुँदैछ काराेबार ?

338 Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्दा चाँदीको मूल्य सामान्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो । यससँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला २२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २३ सय रुपैयाँ कायम भएको छ ।