१० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्छौंः मन्त्री भण्डारी

241 Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले १० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ।

सोमबार सिंहदरबारमा श्रम संसार नागरिक एप सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले तयार भएको जनशक्तिसँग रोजगारसँग जोड्ने र श्रम बजारमा आन्तरिक रोजगार र वाह्य रोजगारको कुरालाई मध्यनजर राख्दै आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकका रुपमा अघि बढाएको बताउनु भयो । उहाँले नेपालमै रोजगारी सिर्जना गर्ने र उद्यमशीलतासँग जोड्ने गरी अघि सरकार अघि बढेको पनि उल्लेख गर्नुभयो । 

सरकारले लिएको रोजगारीको लक्ष्य पूरा गर्नेगरी अघि बढिरहेको पनि बताउनु भयो । उहाँले नेपालको श्रम बजारको बारेमा नै विश्लेषणात्मक सूचनाको अभावले नागरिकहरु विदेशिएको परिस्थितीको अन्त्य गर्न सूचना प्रवाहलाई विस्तार गर्न जरुरी रहेको बताउनु भयो । मन्त्री भण्डारीले सरकारले डिजिटल नेपालको अवधारणा अनुसार नेपालको सेवा प्रवाहहरुलाई प्रभावकारी ढंगबाट अघि बढाइ प्रविधिमैत्री सेवा प्रवाह गरिरहेको बताउनु भयो ।