काठमाडौं । सोमबार पनि शेयर बजार घटेकाे छ । बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २.०७ अंक घटेको हाे ।
यससँगै नेप्से परिसूचक २ हजार ९६२ अंकमा कायम भएको छ । आइतबार पनि बजार १८.४४ अंकले घटेको थियो ।
आज कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो दिन २६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १९ अर्ब ३६ करोडको काराेबार भएकाे हाे ।
आज विकास बैंक र व्यापार समूह ३ प्रतिशतभन्दा धेरैले बढे भने व्यापार ३.२४ र विकास बैंक समूह ३.०४ प्रतिशत बढेका छन् । त्यस्तै बैंकिङ ०.८९, होटल तथा पर्यटन ०.२८, हाइड्रोपावर ०.५०, लगानी ०.१०, जीवन बीमा ०.६६, माइक्रोफाइनान्स ०.३३, निर्जीवन बीमा ०.७२ तथा अन्य ०.७६ प्रतिशत घटेका छन् ।
आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप पावर, लुम्बिनी विकास बैंक र एचआईडीसीएल प्रोमोटर छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया