गाजाको भोकमरीको विरोधमा यमनमा र्‍याली

292 Shares

काठमाडाैं । यमनको राजधानी सानामा दशौं हजार यमनीहरू भेला भइ विरोध प्रदर्शन गरेका छन् । 

घेराबन्दीमा परेको गाजा पट्टीको भोकमरीको विरोध गर्दै उनीहरु सडकमा उत्रिएका हुन् । सहभागीहरूले गाजामा भोकमरी बन्द गर, गाजामा युद्ध बन्द गर र गाजामा इजरायली नाकाबन्दी तुरुन्तै हटाइनु पर्छ, लेखिएका ब्यानरहरू बोकेका थिए। 

इजरायलले महिनौंदेखि गाजामा मानवीय सहायता प्रवेश गर्नबाट रोकेको गरेको छ । जसले गर्दा गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार १२२ प्यालेस्टिनीहरू मारिएका छन् । सिन्ह्वा