मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल

378 Shares

काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना र राजश्व बढाउने कुरा हुनुपर्ने बताउनुभएको छ।

नेपाल खबरले आफ्नो १० वर्ष प्रवेश गरेको अवसरमा काठमाडौंमा आयोजना गरेको राइजिङ नेपाल समिट २०२५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । राजनीतिक दलहरु मिसन ०८४ को एजेण्डा बोकेर हिँडिरहेको भन्दै रोजगारी सिर्जना र राजश्व बढाउने कुरा राजनीतिक दलहरुको एजेण्डा बन्नुपर्ने बताउनु भयो । उहाँले राजनीतिक दलहरुले एकले अर्कोलाई नराम्रो देखाएर मत बटुल्ने काम गर्नुभन्दा पूर्वाधार निर्माण, रोजगारी सिर्जना, लगानी वृद्धि गर्ने कुरा प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । 

अध्यक्ष ढकालले हरेक नेपालीले आज रोजगारी खोजीरहेको बताउनु भयो ।