प्रतिताेला २ हजार ४०० ले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

277 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन अघिल्लाे दिनकाे तुलनामा प्रतिताेला २ हजार ४०० ले घटेकाे हाे । 

बुधबार छापावाल सुन एक तोलाको १ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएकोमा आज १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएकाे छ । 

यस्तै चाँदीको मूल्य पनि आज  घटेकाे छ । बुधबार २ हजार ३५० रुपैयाँ कायम भएकोमा आज प्रतिताेला २ हजार ३३५ कायम भएकाे छ । याे अघिल्लाे दिनकाे तुलनामा १५ रुपैंयाँले घटेकाे हाे ।