264
Shares
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन अघिल्लाे दिनकाे तुलनामा प्रतिताेला २ हजार १०० ले बढेकाे हाे ।
मंगलबार छापावाल सुन एक तोलाको १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएकोमा आज १ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएकाे छ ।
यस्तै चाँदीको मूल्य पनि आज बढेकाे छ । मंगलबार २ हजार ३२० रुपैयाँ कायम भएकोमा आज प्रतिताेला २ हजार ३५० कायम भएकाे छ । याे अघिल्लाे दिनकाे तुलनामा ३० रुपैंयाँले बढेकाे हाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया