इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो

404 Shares

काठमाडौं । अक्टोबर ७, २०२३ मा द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । 

स्वास्थ्य अधिकारीहरूले इजरायली सैन्य कारबाहीमा कुल ५९ हजार २९ प्यालेस्टिनीहरू मारिएका जनाएका छन् । १ लाख ४२ हजार १ सय ३५ जना घाइते भएका छन् । मार्च १८ देखि ८ हजार १ सय ९६ जनाको मृत्यु र ३० हजार ९४ जना घाइते भएका छन् । 

पछिल्लो जानकारीअनुसार विगत २४ घण्टामा १ सय ३४ शव गाजा अस्पतालहरूमा स्थानान्तरण गरिएको छ । यस अवधिमा निरन्तर हवाई आक्रमणका कारण १ हजार १ सय ५५ जनालाई विभिन्न चोटपटक लागेको अधिकारीहरूले बताएका छन् । सिन्ह्वा