प्रतिताेला १ हजार ८०० ले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

286 Shares

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन अघिल्लाे दिनकाे तुलनामा प्रतिताेला १ हजार ८०० ले बढेकाे हाे । 

साेमबार छापावाल सुन एक तोलाको १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएकोमा आज १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएकाे छ । 

यस्तै चाँदीको मूल्य पनि आज  बढेकाे छ । साेमबार २ हजार २८५ रुपैयाँ कायम भएकोमा आज प्रतिताेला २ हजार ३२० कायम भएकाे छ । याे अघिल्लाे दिनकाे तुलनामा ३५ रुपैंयाँले बढेकाे हाे ।