शेयर बजारमा हरियाली, १६ अर्बभन्दा बढीको कारोबार

285 Shares

काठमाडौं । सोमबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक आज २१.७६ अंकले बढेर २ हजार ८९२.७२ बिन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएकामध्ये १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९६ कम्पनीको घटेको छ ।

आज थ्री स्टार हाइड्रोपावर, ट्रेड टावर लिमिटेड र सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै गुमाएका छन् ।