प्रतिताेला ८०० ले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

297 Shares

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन अघिल्लाे दिनकाे तुलनामा प्रतिताेला ८०० ले बढेकाे हाे । 

शुक्रबार छापावाल सुन एक तोलाको १ लाख ९२ हजार ५०० रुपैयाँ कायम भएकोमा आज १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएकाे छ । 

यस्तै चाँदीको मूल्य पनि आज ५ रुपैंयाँले बढेकाे छ । शुक्र बार २ हजार २८० रुपैयाँ कायम भएकोमा आज भने प्रतिताेला २ हजार २८५ कायम भएकाे छ ।