प्रतिताेला २०० ले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

302 Shares

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन अघिल्लाे दिनकाे तुलनामा प्रतिताेला २०० ले बढेकाे हाे । 

बिहीबार छापावाल सुन एक तोलाको १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा आज १ लाख ९२ हजार ५०० रुपैयाँ कायम भएकाे छ । 

यस्तै चाँदीको मूल्य पनि आज १५ रुपैंयाँले बढेकाे छ । बुधबार २ हजार २६५ रुपैयाँ कायम भएकोमा आज भने प्रतिताेला २ हजार २८० कायम भएकाे छ ।