हिमालयन एभरेष्टले ४ अर्ब आम्दानी गर्दा सगरमाथा लुम्बिनीकाे बीमाशुल्क ५ अर्ब

362 Shares

काठमाडौं । निर्जीवन बीमक हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४ अर्ब रूपैयाँ कुल बीमाशुल्क आम्दानी गरेको छ। इन्स्योरेन्सले आर्थिक वर्षमा २०८०/८१ मा ३ अर्ब ७६ करोड रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको तुलनामा कुल बीमाशुल्क आम्दानी झण्डै ६ प्रतिशतले वृद्धि गरेकाे छ । 

यसैगरी अर्को निर्जीवन बीमा कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स(सलिको) ले आर्थिक वर्ष २०८१/०८२ मा ५ अर्ब रूपैयाँ कुल बीमाशुल्क आम्दानी गरेकाे छ ।

इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ७६ करोड रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। यो कम्पनीले गत आर्थिक वर्षको तुलनामा कुल बीमाशुल्क आम्दानी झण्डै ४.५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला ।