काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको अर्थतन्त्र लयमा फर्किन थालेको दाबी गर्नुभएको छ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो दाबी गर्नुभएको हो । उहाँले जाँदै गरेको आर्थिक वर्षमा आर्थिक सूचकांकहरूले अर्थतन्त्रमा सुधार भएको देखाएको बताउनु भयो ।
राज्यले निजी क्षेत्रका लागि व्यवसायमैत्री वातावरण निर्माण गरिरहेको उल्लेख गर्दै निजी क्षेत्रबाट अपेक्षा गरिएको योगदानप्रति सरकार जानकार रहेको पनि बताउनु भयो । उहाँले उत्पादन र उत्पादकत्वमा वृद्धि गरी निर्यात बढाउने कुरामा सरकार लागि परेको पनि बताउनु भयो । विदेशी वस्तुको आयातमा नियन्त्रण गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको मन्त्री भण्डारीको जिकिर छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया