300
Shares
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन अघिल्लाे दिनकाे तुलनामा प्रतिताेला १ हजार ३०० ले घटेकाे हाे ।
मंगलबार छापावाल सुन एक तोलाको १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएकोमा आज पनि १ लाख ९२ हजार रुपैयाँ कायम भएकाे छ ।
यस्तै चाँदीको मूल्य पनि आज १५ रुपैंयाँले घटेकाे छ । मंगलबार २ हजार २७५ रुपैयाँ कायम भएकोमा आज भने प्रतिताेला २ हजार २६० कायम भएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया