पेट्रोलमा पाँच र डिजेलमा एक रुपैयाँले मूल्य घट्यो, नयाँ भाउ कति ?

376 Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले मूल्य घटाइएको हाे । 

निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ ।

यसअघि पेट्रोल प्रतिलिटर १६५ रुपैयाँमा बिक्री भइरहेकोमा अब १६० रुपैयाँमा झरेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य १४९ रुपैयाँबाट घटेर १४८ रुपैयाँ कायम भएको छ ।

516336633_24230774749893285_1177083705318046359_n.jpg

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट ३१ असारमा प्राप्त नयाँ खरिद मूल्यअनुसार समायोजन गरिएको हो । निगमले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार नियमित समायोजन गर्ने नीतिअनुसार यो निर्णय गरिएको बताएको छ ।