रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का

282 Shares

काठमाडौँ ।  ऊर्जा, जलस्राेत तथा सिंचाईमन्त्री दीपक खड्काले रसुवाकाे भोटेकोशी बाढीबाट क्षति पुगेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन समय लाग्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसदहरुका जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । यो आयोजनाको हेडबक्समा पूर्णरुपमा क्षति भएकाले केही समय अझै लाग्ने बताउनु भयो । उहाँले बाढीका कारण त्रिशुली नदी करिडोरमा सञ्चालनमा रहेका केही महत्वपूर्ण जलविद्युत आयोजनाहरु तथा प्रशारण संरचनामा गम्भीर क्षति पुगेको उल्लेख गर्नुभयो । 

६० मेगावाट क्षमता रहेको त्रिशुली ए जलविद्युत आयोजना केही दिनमै सञ्चालन हुने बताउँदै उहाँले बाढीका कारण करिब २६० मेगावाट विद्युत राष्ट्रिय प्रशारण प्रणालीमा विच्छेद भएको जानकारी गराउनु भयो । 

मन्त्री खड्काले ट्रान्समिसन लाइनका २२० केभी, १३२, १३३ केभी क्षमताको त्रिशुली ३ बी सवस्टेशन समेत प्रभावित भएको बताउनु भयो ।