नेप्से परिसूचकमा ३४ अङ्कको बृद्धि, ९ अर्ब ४१ करोडकाे  कारोबार

313 Shares

काठमाडौँ ।  मंगलबार शेयर बजार परिसूचक नेप्सेमा उत्साहजनक बृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.४६ अङ्कले बढेर २ हजार ७६०.१७ को विन्दुमा पुगेको हो । आज बजारमा ९ अर्ब ४१ करोड १९ लाखको कारोबार भएको छ।

आज अधिकांश कम्पनीको शेयर मूल्य बढेका छन् । कारोबारमा आएकामध्ये २०९ वटा कम्पनीको शेयर मूल्य बढ्दा ३९ वटा कम्पनीको मात्र घटेको छ।

आज सबै समूहगत परिसूचकमा बृद्धि हुँदा सात वटा समूहका एक प्रतिशतभन्दा धेरै र बाँकीमा सोभन्दा कमको बृद्धि रहेको थियो ।

बजार बढे पनि आज कुनै पनि कम्पनीको मूल्यमा सकारात्मक वा नकारात्मक सर्किट लागेन । कारोबार रकमका आधारमा आज बुटवल पावर कम्पनी सबैभन्दा अगाडि रह्यो । उक्त कम्पनीले ५२ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।