काठमाडौँ । ऊर्जा जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जासम्बन्धी विधेयक ल्याउँदैमा नआत्तिन आग्रह गर्नुभएको छ ।
मंगलबार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । ऐन ल्याउनै नहुने भन्ने कुरा गलत भएको भन्दै ल्याइएको ऐनमा संशोधन र परिमार्जनसहित अघि बढ्न सकिने बताउनु भयो । मुलुकको हित अनुकुल कानून निर्माण हुने भन्दै आफ्नो मुलुकलाई हेरेर कानून निर्माण हुने भएकाले तर्सिनुपर्ने, आत्तिनुपर्ने कारण नरहेको जिकिर गर्नुभयो । उहाँले स्पष्ट उद्देश्यका साथ ऊर्जा क्षेत्रको विकासमा लाग्नुपर्ने बताउनु भयो ।
ऊहाँले आरसिओडीको समस्या रहेको स्वीकार गर्दै त्यसका लागि कमिटी नै गठन गरेर आरसिओडी पनि प्रोजेक्टको अवस्था हेरेर थपिदिने भन्ने निष्कर्ष निकालेको बताउनु भयो । भूमि प्राप्तिका समस्या छन् भने कानून परिमार्जन गरेर अघि बढ्न सकिने बताउनु भयो । २८ हजार ५ सयको रोडम्यापलाई पछ्याउने हो भने पनि लाखौँ मान्छेले यहीँ रोजगारी प्राप्त गर्नसक्ने बताउनु भयो । विकास समयको माग भएकाले कसैले रोकेर नरोकिने स्पष्ट पार्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया