272
Shares
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार ३५ अंकले घटेको छ । बजार बन्द हुँदा नेप्से १.२७ प्रतिशतले घटेर २ हजार ७२५.७१ विन्दुमा पुगेको छ ।
नेप्से घटेसँगै कारोबार पनि घटेको छ । आज ८ अर्ब १७ करोड २१ लाख ४३ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख २ हजार ५४० कित्ता शेयर कारोबार भएको छ।
सोमबार ५० वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।
यस्तै ३२१ वटा कम्पनी कारोबारमा आउँदा ७२ हजार ६०१ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये हाइड्रोपावर समूह बाहेक सबै समूह घटेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया