294
Shares
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लाे दिनको तुलनामा आज सुनको मूल्य चार सय रुपैयाँले बढेको हो ।
आइतबार छापावाल सुन एक तोलाको १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएकोमा आज १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएकाे छ ।
यस्तै चाँदीको मूल्य २ हजार ३१५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य आज ३० रुपैंयाँले बढेकाे हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया