323
Shares
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लाे दिनको तुलनामा आज सुनको मूल्य एक हजार एक सय रुपैयाँले बढेको हो ।
शुक्रबार छापावाल सुन एक तोलाको १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएकोमा आज १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएकाे छ ।
यस्तै चाँदीको मूल्य २ हजार २८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य आज ६५ रुपैंयाँले बढेकाे हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया