काठमाडौं महानगरले असार २९ गते बजेट ल्याउने

317 Shares

काठमाडौँ। काठमाडौं महानगरपालिकाले असार २९ गते बजेट ल्याउने भएको छ।

शुक्रबार बसेको कार्यपालिकाको बैठकले असार २९ गते बजेट ल्याउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले महानगरपालिकाले असार मसान्तसम्म बजेट ल्याइसक्नु पर्ने दायित्व पूरा गरेको बताउनु भयो । असारको २९ गते २ बजे नगरसभा गर्नेगरी बैठक टुंग्याएको जानकारी दिनुभयो । 

स्थानीय तहले असार १० गते बजेट प्रश्तुत गर्नुपर्ने प्रावधान रहेपनि महानगर प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगाले र नेपाली काँग्रेसबाट प्रतितिनिधित्व गर्ने वडा अध्यक्षहरुको मतभेदका कारण बजेट आउन सकेको थिएन । देशकै  ठूलो महानगरले समयमा बजेट ल्याउन नसकेको भन्दै काठमाडौं महानगरको आलोचना हुँदै आएको थियो ।

बजेटमा पूर्वाधार, सामाजिक विकास, आर्थिक विकासलाई जोड दिएर बजेट ल्याइने बताउनु भयो ।