सुनको मूल्य ३०० ले घट्याे, कतिमा हुँदैछ कारोबार ?

320 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लाे दिनको तुलनामा आज सुनको मूल्य ३०० रुपैयाँले घटेको हो । 

बिहीबार छापावाल सुन एक तोलाको १ लाख ९२ हजार १०० रुपैयाँ कायम भएकोमा आज  १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएकाे छ । 

यस्तै चाँदीको मूल्य २ हजार २२० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य आज ५० रुपैंयाँले बढेकाे हो ।