सरकार र सुनचाँदी व्यवसायीबीच ६ बुँदे सहमति, व्यवसायीकाे आन्दोलन स्थगित

328 Shares

काठमाडौं । सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीहरूबीच वार्तापछि ६ बुँदे सहमति भएको छ। बिहीबार अर्थ मन्त्रालयमा सम्पन्न छलफलमा सहमति जुटेसँगै व्यवसायीहरूले जारी आन्दोलन स्थगित गरेका छन्।

सुनचाँदी व्यवसायी संघका प्रतिनिधि नरेन्द्र गुप्ताले सहमतिबारे जानकारी दिँदै शुक्रबारदेखि देशभर व्यवसाय निर्वाधरूपमा सञ्चालन हुने बताए । व्यवसायीहरू सुन तथा सुनका गहना विलासिता वस्तुको सूचीमा राखिएको विषयमा असन्तुष्ट थिए। उनीहरूको मुख्य माग नै यस विषयको पुनरावलोकन रहेको थियो। 

gold-1152x1536.jpg

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुन तथा हिरामा विलासिता कर लगाउने घोषणा गरेपछि व्यवसायीहरू आन्दोलित भएका थिए । केही दिनयता उनीहरूले देशभर पसल बन्द गरेर विरोध जनाउँदै आएका थिए।

अब सहमतिपछि बजारमा सुनचाँदीको कारोबार पुनः सञ्चालनमा आउने विश्वास गरिएको छ। व्यवसायी पक्षले सरकारसँग तत्काल सहकार्य गर्दै व्यापार सहज बनाउने प्रतिवद्धता जनाएका छन्।