किसानको माग अनुसार मल उपलब्ध गराउन सरकारलाई संसदीय समितिको निर्देशन

268 Shares

काठमाडाैँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक समितिले किसानको माग अनुसार रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समिति सभापति ऋषिकेश पोखरेलले पालिकामार्फत किसानलाई मल, बीउ लगायतका कृषि सामग्री वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिनुभयो । सरकारले अहिले स्थानीय सहकारीहरूमार्फत अनुदानको मल तथा बिउ वितरण गर्दै आएको छ । 

बैठकले समितिको २३ औँ वार्षिक प्रतिवेदन सर्वसम्मतरुपमा पारित गरेको छ । उक्त प्रतिवेदनलाई यही असार ३१ गते सदनमा पेस गर्ने तयारी छ ।