काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले देशभरका बेरोजगारलाई लक्षित गर्दै सरकारले आन्तरिक रोजगारी प्रवर्द्धनलाई प्राथमिकतामा राखेको बताउनुभएको छ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको मौखिक जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँका अनुसार रोजगारीको हकसम्बन्धी नियमावली, २०७६ अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७ लाख ९७ हजार ७२५ जना र आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ४५ हजार ४३५ जना बेरोजगार व्यक्तिहरू सूचीकृत भएका छन् ।
सूचीकृत बेरोजगार नागरिकहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम र स्थानीय तहका रोजगारी कार्यक्रममा समेटिने कार्य भइरहेको बताउनु भयो । उहाँले सरकारले आन्तरिक रोजगारीलाई व्यवस्थित र सुदृढ बनाउने लक्ष्यसहित ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको पनि बताउनु भयो । उहाँले रोजगारी दशकको सफल कार्यान्वयनका लागि नीति, रणनीति र कार्यक्रमसमेत तय भइसकेको बताउनु भयो ।
उहाँले राष्ट्रिय रोजगार सम्मेलनमार्फत १६ बुँदे घोषणा पनि गरिएको उल्लेख गर्दै त्यसले मुलुकमा रोजगारी सृजना र बेरोजगार जनशक्तिको क्षमताअनुसार अवसर उपलब्ध गराउने नीति अघि सारेको पनि दाबी गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया