काठमाडौं । मंगलबार शेयर बजार नेप्से परिसूचक ०.१४ अंकले घटेर २ हजार ६८३.८६ को विन्दुमा कायम भएको छ ।
नेप्सेमा आज ३०४ कम्पनीको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५७ करोडमाथिको कारोबार भएको छ।
आज बुटवल पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.२१ प्रतिशतका दरले कमाएका हुन् । यसैगरी पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ५.९६ प्रतिशतका दरले कमाए । आज सर्वाधिक गुमाउनेमा रसुवागढी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।
आज नेपाल पुनर्बीमा कम्पनीको शेयर सर्वाधिक कारोबार भयो । यस कम्पनीका ५१ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । दोस्रोमा बुटवल पावरको ४१ करोड ६९ लाख रुपैयाँ र तेस्रोमा गार्डियन माइक्रो लाइफको ४१ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया