एसीसी यु-१६ इस्ट जोन कप : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

70 Shares

काठमाडौं । १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल फाइनल प्रवेश गरेको छ ।

मलेसियामा आज भएको खेलमा घरेलु टोली मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइलनमा प्रवेश गरेको हो ।

मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्‍याे । 

आजकाे खेलमा नेपालका परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले । यस्तै, शिवान्श बजगाईंले २३ रन जोडे । खेलमा मलेसियाका नागिनिश्वरमले १ विकेट लिए । यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको मलेसियाले ४३ ओर १ बलमा अलआउट हुँदै ९० रन बनाएको थियो ।