काठमाडाैं । गाजा शहरको समुन्द्र तटको क्याफेमा इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ। जुन पहिले २१ जना भनिएपनि संख्या बढेर ३४ पुगेको छ।
अल–शिफा अस्पतालले पीडितहरूमध्ये अधिकांश महिला र बालबालिका थिए । हमलापछि घाइतेहरूलाई अस्पताल ल्याइएको थियो । प्रत्यक्षदर्शीहरूकाअनुसार अल–शाती शरणार्थी शिविरको पश्चिममा अवस्थित क्याफे प्रायः पत्रकार र नागरिकहरूले इन्टरनेट पहुँच गर्न प्रयोग गर्दथे ।
प्यालेस्टिनी सुरक्षा अधिकारीहरू र प्रत्यक्षदर्शीहरूले इजरायली विमानले उक्त स्थानमा कम्तिमा एउटा मिसाइल प्रहार गरेको बताएका छन् । मृत्यु हुनेहरूमा पत्रकार इस्माइल अबु हताब थिए भने अर्का पत्रकार, बायान अबु सुल्तान घाइते भएका थिए । उनको अवस्था स्थिर रहेको स्थानीय स्रोतहरूले बताएका छन् । इजरायली सेनाबाट तत्काल कुनै टिप्पणी आएको छैन । सिन्ह्वा
फेसबुकबाट तपाईको प्रतिक्रिया