बाह्य ऋण पुँजी निर्माणमा खर्च गरिनेछः अर्थमन्त्री

373 Shares

काठमाडौँ ।  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाह्य ऋण पुँजी निर्माणमा नै खर्च गरिने बताउनुभएको छ। 

शनिबार प्रतिनिधि सभामा राष्ट्र ऋण उठाउने विधेयकमाथि उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले वैदेशिक ऋण, अनुदानहरुलाई राष्ट्रिय पुँजी निर्माणमा लगाइने बताउनुभएको हो । उहाँका अनुसार वाह्य ऋण साधारण खर्चका निम्ति खर्च हुनुहुँदैन भन्ने पक्षमा सरकार छ । 

अर्थमन्त्री पौडेलले ऋण लिएर तिर्ने अवस्था अहिले पनि रही रहेको बताउनु भयो । विगतको दायित्व धेरै भएकाले अहिले संयमित तवरले नै ऋण लिइएको उहाँको भनाइ छ।