इरानमा ३० सुरक्षा प्रमुख र ११ आणविक वैज्ञानिक मारिएको इजरायलको दाबी

395 Shares

काठमाडौँ। इजरायलले हालै इरानसँग भएको १२ दिने युद्धका क्रममा इरानका ३० भन्दा बढी वरिष्ठ सुरक्षा अधिकारी र ११ जना वरिष्ठ आणविक वैज्ञानिकको मारिएको दाबी गरेको छ।

उक्त युद्धमा इजरायली वायु सेनाले ९०० भन्दा बढी लक्ष्यमा हमला गरेको र इरानको मिसाइल उत्पादन क्षमतामा पनि ठूलो क्षति पुर्‍याएको दाबी गरिएको छ।

इजरायली सैन्य अधिकारीका अनुसार जुन १३ मा इजरायलले इरानमा गरेको आश्चर्यजनक आक्रमणले इरानको हवाई सुरक्षामा गम्भीर क्षति पुर्‍याएको र प्रारम्भिक घण्टाहरूमा प्रतिक्रिया दिने क्षमतालाई कमजोर बनाएको थियो।

आक्रमणबाट इरानी आणविक परियोजनामा गम्भीर धक्का पुगेको छ । इजरायली अधिकारीले इरानको ९० प्रतिशत युरेनियम समृद्ध गर्न सक्ने क्षमतामा दीर्घकालीन असर परेको साथै हाल इरानसँग आणविक हतियार बनाउने क्षमता नभएको दाबी गरेका छन्।

इरानी अधिकारीहरूका अनुसार यस युद्धमा इरानमा ६२७ जनाको मृत्यु भएको छ भने इजरायली अधिकारीहरूले २८ जनाको मृत्यु भएको पुष्टि गरेको गरेको जनाएको छ।एजेन्सी