नेप्सेको ओरालो यात्रा आज पनि कायमै, ७ अर्बको कारोबार

332 Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ।

नेप्से परिसूचक आज ४.४५ अंकले घटेर २ हजार ५९५.७४ विन्दुमा झरेको छ। अघिल्लो दिन नेप्से ०.३३ अंकले घटेर २६००.२० विन्दुमा अडिएको थियो। 

आज कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको छ । यसदिन ३०६ स्क्रिप्सको १ करोड ९६ लाख  ५० हजार २१० कित्ता शेयर  ७ अर्ब ७८ करोड २ लाख ४२ हजार  २४३ रुपैयाँमा खरिदबिक्री भए। 

बुधबार ५ अर्ब ९४ करोड मूल्य बराबरको शेयर कारोबार भएको थियो ।