काठमाडाैँ । नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले आन्तरिक उद्योगको संरक्षणका लागि आयातित वस्तुको भन्सार दर वृद्धि गर्नुपर्ने बताउनुभएको छ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद महतले आन्तरिक उद्योगलाई प्रतिष्पर्धी बनाउन आयातित वस्तुहरू महँगो बनाउनु जरुरी रहेको बताउनुभएको हो ।
उहाँले आन्तरिक उत्पादनमा कर लगाएको तथा आयातित वस्तुमा भन्सार घटाइएको गुनासोसमेत आएको भन्दै त्यसलाई पुनः समीक्षा गर्न आग्रह गर्नुभयो । भन्सार नीतिमा पुनरावलोकन नगरेसम्म आन्तरिक उद्योगलाई प्रतिष्पर्धी बनाउन नसकिने उहाँको भनाइ छ ।
सांसद महतले सुन नेपालीका लागि लक्जरी नभई संकटको बेला तुरुन्तै नगदमा रूपान्तरण गर्न सकिने भएको उल्लेख गर्दै त्यसमा लगाइएको विलासी करबारे समेत पुनरावलोकन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले आन्तरिक उत्पादनको प्रयोगलाई बढावा दिन आयातित वस्तुहरुलाई महंगो बनाउनुपर्नेमा जोड दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया