यस्ताे छ भूमिपूजाको धार्मिक महत्व

96 Shares

bal mukunda.jpg

पं-बालमुकुन्द देवकोटा

आषाढ शुक्लपक्ष प्रतिपदा तिथी आरम्भ , यो दिन भूमिपूजा गर्नेदिन भएकोले ,भूमिको महत्व यस्तो छ ! 

"आर्यावर्त पुण्यभूमि मध्यं विन्ध्य हिमालयो :'' अर्थात् भारतवर्ष हिमालमा विन्ध्य नामको दुई पर्वतको बीच {मध्य }भागमा अवस्थित् आर्यावर्त पुण्यभूमि नेपाल जगत् प्रसिद्ध छ। वैदिक भूमि ,भारतवर्ष {नेपाल }लाई शास्त्रले पनि गर्वसाथ भनेको पाइन्छ। 

"धन्यास्तु ये भारतभूमि भागे " अर्थात् जुन भूमिको समुज्वल ,सुसंकृत ,समुन्नतदेखि सवै मुग्ध र स्तब्ध चकित हुन्छन्।यसैगरी जुन भूमिको बारेमा "गिरयस्ते पर्वता :हिमवन्तोsरण्यं ते पृथ्वी "{अथर्वेद १२ /१ /११} अर्थात् हिमालाद्वारा {हिमाच्छादित }गिरि नामको पर्वत गहन ,स्वर्णीम ,रम्यवन छ। हे वसुन्धरा {पृथ्वी } ! मातृभूमि तिमीभित्र असंख्य रत्न छन् भन्दै पवित्र भूमिको गान गरिएको छ। भूमि जुनसुकै देशको पनि प्रमुख सम्पत्ति हो । जसमा सम्पूर्ण जनताको भविष्य निर्भर रहन्छ । 

वास्तवमा यसको अधिकतम सदुपयोग गर्न सकेमा मात्र जुनसुकै देशको सर्वाङ्गीण विकासमा सघाउ पुग्नेछ र सम्बन्धित अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नेछ । त्यसैगरी भगवान रामले मातृभूमि प्रति दर्साएको प्रेम प्रगाढ रहेको छ।

अपि स्वर्णमयी लंका न मे लक्ष्मण रोचते 
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी।

अर्थात् हे भाइ लक्ष्मण ! लंका जतिसुकै सुनौलो भएता पनि मलाई मन पर्दैन् ,मलाई त आफू जन्मेको मातृभूमि र आफूलाई जन्मदिने आमा स्वर्गभन्दा पनि ठूली र प्यारो लाग्दछ।त्यसर्थ हिडौं जन्मभूमि अयोध्यामानै गएर बसौं भनेर भाइ लक्ष्मणलाई लिएर फर्कनु भएको छ भने भगवान श्रीराममा पनि मातृभूमि प्रतिको श्रद्धा ,गर्व कति धेरै रहेको थियो। त्यसैले हामीहरुले पनि आफ्नाे मातृभूमि प्रति यस्तै सदासयताको भाव राखेर कार्य गरेमा पूजा गरेको सरह हुनेछ र अन्त्यमा त्यसलाई मातृभूमिको आशिर्वाद लागेर यस लोकमा सुख ,सम्पत्ति प्राप्त गरि पर लोकमा मोक्षगति प्राप्त हुनेछ। अन्त्यमा यो दीन शोडोसोपचारले भूमिको पूजा अर्चना गरी धुप, बत्ती, नैवेद्य , दक्षिणा अर्पण गरेर प्रसाद ग्रहण गर्नु उत्तम मानिन्छ।